भरतपुर जेठ १५
स्टार्ट मन्टेश्वरी एकेडेमीले विविध कार्यक्रमका साथ जेठ १५ गते बिहीबार भरतपुरको हाकिमचोकस्थित सिएमटी होटलमा आफ्नो १५औँ वार्षिकोत्सव मनाउने भएको छ ।
स्टार्ट मन्टेश्वरी एकेडेमी २०६५ साल जेठ १५ गते पोखरामा र २०६७ साल जेठ १५ गते भरतपुर मालपोत चोकमा शाखा स्थापना भएको थियो ।
१५औँ वार्षिकोत्सवका अवसरमा मन्टेश्वरीलाई आजको स्थानसम्म आउन सहयोग गर्ने विभिन्न संघसंस्था एवम् सामाजिक व्यक्तिहरूलाई सम्मान गरिने भएको छ ।
लोकप्रिय एवं वरिष्ठ कलाकार गौरी मल्लको प्रमुख आतिथ्यतामा हुन गइरहेको वार्षिकोत्सवमा लामो समय सरकारी विद्यालयमा अध्यापन गराई अवकाशप्राप्त शिक्षकलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गर्ने भएको छ ।
यस वर्षको स्टार्स मन्टेश्वरी एकेडेमी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भरतपुरस्थित नारायणी नमुना उच्च माध्यमिक विद्यालयका अध्यक्ष टेकबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा नारायणी नमुना उच्च माविको स्थापनाकालदेखि नै सो विद्यालयमा अध्यापन गराउँदै आएका थिए । नारायणी माविको स्थापनामा अध्यक्ष थापाको ठूलो योगदान रहँदै आएको छ ।
कार्यक्रमलाई आकर्षित बनाउनको लागि विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन् । स्टार्स मन्टेस्वरी एकेडेमीले १५ वर्षको अवधिमा चितवनमा बेग्लै पहिचान बनाउँदै अभिभावकको पहिलो रोजाइ बन्न सफल रहेको छ । यो संस्था आफ्नो उत्कृष्ट शिक्षण सिकाइका साथसाथै विभिन्न फरक क्रियाकलापहरू गर्ने मन्टेश्वरीमध्ये एक मानिन्छ ।