काठमाडौँ जेठ ११
साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






