काठमाडौं, ७ जेठ –
जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।
फरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका उनी परिसरको गेटबाटै मंगलबार फरार भएका थिए । उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।







