भरतपुर बैशाख ३०
भरतपुर महानगरपालिका वडा नं-२९, जुगेडी बजारस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बस र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलपछाडि सवार एक पुरुष घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ४४७२ नम्बरको बस र लु ३४ प ६७६२ नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकलपछाडि सवार भरतपुर–२९, जुगेडी बस्ने ३२ वर्षीय जीवन गुरुङ घाइते भएका हुन् । घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक पाल्पाको रामपुर–४ बस्ने ५० को गणेश थापा उपचारमा संलग्न रहेको र बस तथा चालक सिन्धुलीको तीनकन्या गाउँपालिका वडा नं–९ बस्ने ४० वर्षीय सूर्यबहादुर आलेमगर नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।