२४, वैशाख, पोखरा
कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।
वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए । यद्यपि, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन् ।