काठमाडौँ, २१ वैशाखः
हेटौँडामा जमिन भासिएर शुक्रवार अपराह्न एक्कासी बेपत्ता भएको गाडी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेको छैन ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।







