काठमाडौँ, बैशाख २०-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेर समाजवादी क्रान्तिको आधार तयार पार्ने दाबी गरेका छन्।
आज काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी र यथास्थितिवादी शक्तिहरूलाई गतिलो जवाफ दिने बताए।
“हामीले सडक र सदनबाट खबरदारी गरिरहेका छौँ। आवश्यक परे ठूलो आन्दोलन गर्छौँ,” दाहालले भने। उनले सामाजिक सञ्जाल र जनतामाझ माओवादीको लोकप्रियता र सक्रियता बढेको उल्लेख गर्दै भने, “पाँच–सात महिनाअघि सामाजिक सञ्जालमा हाम्रो अवस्था कमजोर थियो, तर अहिले हामी एक नम्बरतिर उकालो लाग्दैछौँ। यसले जनमत आकर्षित गरेको छ।”