राप्ती, जेठ २९-
यही जेठ ३१ गते हुन गइ रहेको जिल्ला समन्वय समितिको चुनावमा राप्तीबाट सदस्यमा अशोक जिम्बाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हालै सम्पन्न स्थानिय तहको चुनावमा राप्ती १२ मा कांग्रेसको तर्फबाट वडा सदस्य निर्बाचित जिम्बालाई राप्ती नगरपालिकाका उपप्रमुख देबेन्द्र लामाले समर्थन गर्नु भएको छ ।
अहिले राप्ती नगरबाट गठबन्धनको भागमा सदस्य नपरे पछी वडा सदस्य जिम्बाले जिल्ला समन्वय समितिको चुनावमा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन् । उता एमालेबाट राप्तीमा गुनु बिकको नाम समेत चर्चामा रहेको छ ।