१७ वैशाख, काठमाडौं-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबारको वार्ता सकारात्मक भएको छ ।
बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
“वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ,” उनले भने ।
मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए । सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।







