काठमाडौं १२ वैशाख
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार बिहान ११ः५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३औँ परकम्प हो ।
०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।







