काठमाडौँ , वैशाख ०८
गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।








