२० चैत, काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
कुनै फोहोर नगरी र नभत्काइ आन्दोलन गरेकोको भन्दै मेयर शाहले भनेका छन्, ‘प्रीय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’
उनले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताउँदै काठमाडौंमा प्रदर्शनका क्रममा देखिएको दृश्य आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन् ।







