१९ चैत, काठमाडौं
चैत १५ गते राजावादीले तीनकुनेमा गरेको अराजक प्रदर्शन नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेर ७६ राउन्ड गोली चलाएको खुलेको छ ।
त्यही ७६ राउन्डमध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका सविन मर्हजनको ज्यान गएको हो । प्रहरीले अधिकांश हवाई फायर गरेको दाबी छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले प्रहरीको तर्फबाट ५८ राउन्ड गोली चलेको बताए ।
त्यस्तै, सशस्त्र प्रहरी बलका डीआईजी कुमार न्यौपानेले सशस्त्रले १८ राउन्ड गोली चलाएको जानकारी दिए ।
केही गोली भने घुँडामुनी लाग्ने गरी प्रहार गरिएको हो । घातक गोलीबाहेक १९२ ब्ल्यांक राउन्ड पनि चलाएको छ । यसरी नै ७४६ अश्रुग्याँस प्रहार भएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








