Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ १२, २०८२
☰
Logo सोमबार, माघ १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • ७. चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

  • ८. अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

  • ९. नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

  • १०. फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….

कञ्चनपुर, १८ चैत : 
यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् ।

त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो । भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुग्नु भएका उहाँ सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुग्नुभयो । उहाँसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ ।

त्यसपछि उहाँ महेन्द्रनगर बजार हुँदै झलारी बजार झर्नुभयो । चिनजानका व्यक्तिसँग भेट भयो । तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाउनुभयो । चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पु-याइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पु-याइदियो । यो गत शनिबारको कुरा हो ।

धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उहाँको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा हुनुुहुन्छ । भारतकै बनारस बस्ने उनै धर्म आमा र उहाँकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आउनुभएको छ ।

धानुकले भन्नुभयो, “छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु ।”

घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुग्नुभएका उहाँको गतिलो कमाइ थिएन । काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो ।

“कामकै खोजीमा कहिले यता पुग्थँे, कहिले उता”, विगत सम्झँदै उहाँले भन्नुभयो, “घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थँे, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ ।”

उहाँका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो । त्यहाँ दुवै जनाको आउजाउ थियो । ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाउनुभयो । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाल्नुभयो ।

ती वृद्धाका छोरा थिएन, उहाँले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गर्नुभयो । “सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ”, उहाँले भन्नुभयो, “तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगँे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन । परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न ।”

धानुकका छोरा गणेशबहादुर ३३ वर्षको हुनुभयो । यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उहाँ बताउनुहुन्छ । “सानै छँदा बुवाले छाडेर जानुभएको थियो”, उहाँले भन्नुभयो, “अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ ।”

धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ । स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उहाँकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उहाँको धर्म आमाो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ ।” धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् ।

Chitwan Aaja चितवन आज
सोमबार, चैत १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

ताजा समाचार

सबै

वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

यस वर्ष इच्छाकामना र भरतपुरमा गरी नौ करोड बढीको सुन्तला बिक्री

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

श्रम नगरी देश बन्दैनः अध्यक्ष साम्पाङ

सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो

विद्यालयको बसको ठक्करबाट नवलपुरमा चार वर्षीय बालिकाको मृत्यु

मुस्ताङमा ११ हजार ३२८ जना मतदाताः ३९ मतदान केन्द्र कायम

एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९ हजार

महिला टी-२० विश्वकप ग्लोबल छनोटः स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

देवघाट धाममा शतचण्डी महायज्ञ तथा देवघाट महा–महोत्सव आयोजना हुँदै

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.