काठमाडौं चैत १५
काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच भएको झडप साम्य भएको छ । प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।
प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।








