काठमाडौं, चैत १४-
भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ।
इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो।
उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको हो। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा एक हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो।
ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री आरजु राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको मन्त्रालयको दाबी छ।








