१२ चैत, काठमाडौं
विगत ४ दिनदेखि सुनको भाउ लगातार घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबारदेखि लगातार मूल्य घटेको हो । बिहीबार प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएको सुन शुक्रबार १ हजार घटेको थियो ।
त्यस्तै आइतबार ९ सय, सोमबार ६ सय घटेको सुन आज मंगलबार २ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ । उच्च मूल्यबाट सुन २७ सय रुपैयाँ घटिसकेको छ ।
चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।














