काठमाडाैं चैत ८,
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री भैरहेको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार