काठमाडाैं फागुन २९
हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोही कारण बुधबार साँझ बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।
जसअनुसार काठमाडौँमा समेत हावाहुरीसहित सामान्य वर्षा भएको महाशाखाको भनाइ छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।