भरतपुर, फागुन २६-
गैँडाकोटमा पहिलो पटक भेस्पा र अप्रिलिया स्कुटरको शोरुम उद्घाटन भएको छ ।
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रा. लि.ले सोमबारदेखी गण्डकी प्रदेश नवलपुर जिल्लाको गैंडाकोट वडा नं ५ जनक क्याम्पस गेट अगाडि रुवी ब्रदर्स मल्टीपर्पोज प्रा. लि. मार्फत भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हुन् । रुवी ब्रदर्स मल्टीपर्पोजको यस भेस्पा र अप्रिलिया स्कुटरको डिलरबाट ग्राहकले विश्वस्तरीय भेस्पा र अप्रिलिया स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज तथा अन स्टप फाइनान्सिङ्गको सुविधा समेत प्राप्त गर्ने रुवी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले बताए । गैँडाकोट क्षेत्रमा बढदै गएको भेस्पा र अप्रिलियास्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलरशीप सुरु गरेको उनले बताए ।
शोरूमको शुभारम्भ गर्दै पौडेलले ग्राहकहरू माझ बढ्दै गएको भेस्पा र अप्रिलियाको लोकप्रियतालाई मध्यनजर गर्दै गैंडाकोटमा नयाँ शोरूम खोल्न पाउँदा अत्यन्तै उत्साहित भएको र ग्राहकहरूको बढ्दो मागलाई सम्बोधन गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न उनले प्रतिवद्ध जनाए ।
उद्घाटनको अवसरमा फागुन तथा चैत्र महिनाभरी गैँडाकोट शोरुममा शोरुम ओपेनिंग अफर सञ्चालन गरेको छ । सो अफर अन्तर्गत ग्राहक एवम् उपभोक्ताहरूले भेस्पा र अप्रिलिया स्कुटर बुक र खरिद गर्ने ग्राहकहरूले रु. १०,०००।०० क्यास डिस्काउन्ट प्राप्त गर्नेछन । साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु वह्वीलरको उत्कृष्ट एक्सचेन्ज भ्यालु सँगै थप रु. १०,०००।०० अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन् । साथै हरेक स्कुटरको खरिदमा रु. ६,००० बराबरको स्मार्टवाच र भेस्पा र अप्रिलिया को ब्रान्डेड हेल्मेट तथा किरिङ्ग प्राप्त गर्नेछन्। यस चैत्र महिना भरिमै टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।