१२ फागुन, काठमाडौं-
ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो ।
रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।







