भरतपुर, फागुन ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको रिक्त पद पूर्ति भेला शनिबार सम्पन्न भएको छ। भेलाले दिवाकर राज श्रेष्ठलाई सह-सचिव पदमा निर्विरोध निर्वाचित गरेको छ। साथै, भेलाले १३ जनालाई सर्वसम्मत रूपमा सदस्य पदमा चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा भरत घिमिरे, नारायण प्रसाद बराल, अशोक ढकाल, भीमकुमार श्रेष्ठ, नरसिंह भण्डारी, युद्धविलास न्यौपाने, सूर्यराज अधिकारी, खड्गबहादुर परियार, एन्जिला अधिकारी, तुलसी ढकाल, सुमित्रा घिमिरे, प्रमिला शर्मा भुसाल र गीता बगाले रहेका छन् ।
उक्त पदपूर्ति भेलामा रास्वपा केन्द्रीय समितिका सदस्य तथा चितवन क्षेत्र नं. १ का सांसद हरि ढकाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा केन्द्रीय शिक्षा विभाग उपप्रमुख कृष्ण हरि पौडेल, जिल्ला उपसभापति प्रभा ढकाल, लगायत केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र तथा महानगरका नेताहरूको उपस्थिति रहेको थियो।
भरतपुर महानगर समितिका सभापति सीता ग्यावालीको अध्यक्षतामा सम्पन्न भेलालाई नगर सचिव कृष्ण राउतले सञ्चालन गरेका थिए भने नगर उपसभापति आशिष लो तामाङले स्वागत मन्तव्य राखेका थिए। भेलामा भरतपुरका २९ वटै वडाका सभापतिहरूको समेत सहभागिता रहेको थियो।