ताप्लेजुङ फागुन ११
ताप्लेजुङबासीले राष्ट्रिय मुक्ति पार्टी नेपाल का अध्यक्ष राजेन्द्र महतोलाई कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।
जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ । महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।