६ फागुन, काठमाडौं-
काठमाडौंको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी मात्र भएको पाइएको छ।
मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो।
उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।