६ फागुन, काठमाडौं ।
भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ खोरिया भन्ने ठाउँमा एक युवकको शव फेला परेको छ ।
१९ वर्षीय निरोज लामाको शव फेला परेको प्रहरीले जनाएको छ ।
चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको हो । निरोज र बादल साथी हुन् ।