Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ १३, २०८२
☰
Logo मङ्गलबार, माघ १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

  • ७. बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

  • ८. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ९. फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

  • १०. नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

१० महिनामा १२५ किलो वजन घटाएर जीवन बदलेका एक पुरुष

अफगानिस्तानको दक्षिण पूर्वी सहर जलालावादका कुद्रतुल्लाहले जब विद्यालयको पढाइ सके उनका धेरै साथीहरू विश्वविद्यालय जाने तयारी गर्दै थिए। तर उनी भने वजनका कारण कुर्सीमा बस्न नसक्ने भएकाले उनले त्यस्तो तयारी नै गरेनन्। मैले सोचिरहेँ, यो वजन लिएर विश्वविद्यालय म कसरी जान सक्छु। र यदि विश्वविद्यालय गएँ भने पनि त्यसले मलाई केही फाइदा हुने छैन, उनले भने।

जीवनको यो बिन्दुमा कुद्रतुल्लाहको वजन २१६ किलोग्राम थियो। उनी १८० सेन्टिमिटर अग्ला भए पनि उनको कम्मर नै १४७ सेन्टिमिटर थियो। उनको शरीरको वजन, उचाइ र उमेरको मापनबाट निकालिने बडी मास इन्डेक्स बीएमआई त ६७ थियो। उक्त सङ्ख्या ३० भन्दा बढी हुनुलाई नै मोटोपनामा गनिन्छ।तर एक वर्षअघि कुद्रतुल्लाह वजन घटाउने यात्रामा लागे र मात्र १० महिनामा उनले आफूलाई स्वस्थ, तन्दुरुस्त र सक्रिय बनाए।

कुद्रतुल्लाहको वजन उनी किशोरावस्थामा हुँदादेखि बढ्न थालेको हो। त्यसको तीन वर्षमा जब उनको विद्यालयको पढाइ सकियो त्यो बेलासम्म त उनी थाहा हुने गरी नै मोटो भइसकेका थिए। ‘मैले आफू जति मोटो मानिस कोही पनि कहिल्यै पनि देखेको थिइनँ। मेरो जीवन अरूको भन्दा कठिन थियो। म दैनिक कामकाज गर्न सक्दिनथेँ। तर अरूका लागि भने त्यही काम सामान्य हुन्थ्यो।’

अफगानिस्तानमा ८ मध्ये एक जनाको बीएमआई ३० भन्दा माथि हुन्छ। कुद्रतुल्लाहको वजनले उनमा घातक रूपमा मोटोपना भएको र त्यसले उनको चालचलनमै असर गरेको थियो।

‘न मैले हाइकिङ गर्न सकेँ न नै पौडी खेल्न सकेँ। अन्य कुनै गतिविधि पनि मैले गर्न सकिनँ। हिँड्न मात्रै पनि मलाई समस्या थियो।’ कतै जानुपरे उनी टुकटुक चढ्थे। तर उनी चढ्दा टुकटुकको धेरै ठाउँ ओगटिने भएकाले उनले थप पैसा तिर्नुपर्थ्यो। उनलाई मिल्ने जुत्ता र लुगा पनि पाउन मुस्किल हुन्थ्यो।

लुगा र जुत्ता फारो पनि हुँदैन थियो। उनीहरूले मेरो उचाइ लिनै सक्दैनथे र कपडाको खपत पनि धेरै हुन्थ्यो। मेरो लुगा सिलाउन ९ मिटर कपडा आवश्यक पर्थ्यो, उनले भने।

उनलाई मानिसहरूले जिस्काउने र गिज्याउने पनि गर्थे। ‘म धेरैजसो बाहिर जानै खोज्दिनथेँ किनभने धेरै मानिसहरू मलाई देखेर हाँस्थे र मेरो पछाडि सबै खालका कुराहरू गर्थे। वजनका कारण कुद्रतुल्लाहको स्वास्थ्य बिग्रियो। उनमा मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल बढी देखियो।’

मैले टाउकोमुनि दुई वटा तकिया राख्नुपर्थ्यो र धेरैजसो म जहाँ बस्यो त्यहीँ निदाउथेँ। उनलाई चिकित्सकहरूले आफ्नो वजन कम गर्न सुझाएका थिए। कुद्रतुल्लाहका दाइ हेवाद खानमा पनि मोटोपनाको समस्या थियो। तर उनले आफ्नो ११० किलोग्राम वजन घटाएर ७० किलोग्रामका भए। कुद्रतुल्लाहलाई आफूले पनि आफ्नो वजन घटाउन सक्छु भन्ने लाग्यो।

उनी जिम जान थाले र एक जना प्रशिक्षकले उनलाई आहारको योजना बनाइदिए।कुद्रतुल्लाहले चिल्लो धेरै भएका खानेकुरा, भात, चिनी धेरै हुने पेय पदार्थ र मासु खान छोडे। उनले त्यसको सट्टा अण्डाको सेतो भाग, सलाद, उसिनेको कुखुराको मासु, माछा र जौको पिठोको रोटी खान थाले।

ूसुरुमा, मलाई खानाको मात्रा घटाउन एकदमै गाह्रो भयो किनभने म धेरै नै खाने गर्थेँ। त्यसपछि मैले आहार योजना पछ्याउन थालेँ र अन्ततस् मलाई त्यसमै बानी लाग्यो। मैले पानी पनि अत्यधिक पिएँ।

उनी दिनमा करिब पाँच घण्टा जिममा बिताउँथे। र चाँडै नै उनको शरीरमा परिवर्तन देखिन थाल्यो। १औ महिनामा कुद्रतुल्लाहले २१६ किलोग्रामबाट ९१ किलोग्राममा वजन घटाए, त्यो भनेको उनले आधा शरीरभन्दा पनि बढी तौल घटाए। त्यसका लागि उनले दैनिक औसतमा ४०० ग्रामभन्दा बढी घटाउनुपर्‍यो। उनको कम्मर पनि ८६ सेन्टिमिटरको भयो। अहिले उनको बीएमआई २९ रहेको छ। त्यो भनेको अझै पनि अलि बढी वजन हो तर मोटोपना भने होइन।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा प्रत्येक ८ जनामध्ये एक जनामा मोटोपना रहेको छ।यसले टाइप २ डाइबिटिज र मुटु रोगको खतरा बढाउँछ। त्यसबाहेक यसले हड्डीको स्वास्थ्य र आमा हुने क्षमतामा असर गर्छ भने क्यान्सरको खतरा पनि बढाउँछ।मोटोपनाले निद्रा र दैनिक कामकाजजस्ता मानिसको जीवनको गुणस्तरमा पनि प्रभाव पार्छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसले एक सातामा एक किलोभन्दा कम वजन नघटाउन र खानेकुरा नछोड्न सुझाएको छ।यूकेमा रहेका डाक्टर इब्राहिम डलिलिले कुद्रतुल्लाहको वजन एकदमै धेरै रहेको र त्यस्तो व्यक्तिले कम क्यालोरीका खाना खाँदा त्यसले दीर्घकालमा स्वास्थ्य फाइदाहरू पुग्ने बताएका छन्।

‘अत्यधिक वजनले जीवनमा नकारात्मक असर गर्छ, त्यसैले उनका लागि वजन घटाउन आवश्यक थियो। कुद्रतुल्लाहले आहार योजना अनुसार मात्रै खाए र त्यसमा आवश्यक पर्ने प्रोटिन, क्यालोरी र भिटामिनहरू थियो। त्यसैले वजन र कसरतको योजनाले उनको वजन घटाउने प्रक्रियाले गति लियो,’ डाक्टर डलिलिले भने।
कुद्रतुल्लाहका आमाबुवा र छ जना दाजुभाइ दिदीबहिनी छन्। र उनीहरू सबै जना उनले वजन घटाएकामा दङ्ग छन्।

‘अहिले म आमाबुवाका लागि पूर्ण रूपमा फरक कुद्रतुल्लाह हुँ। कम उमेरमै वजन बढी भएका कारण मेरो शरीरमा धेरै रोगहरू छ भनेर उहाँहरू दिक्क हुनुहुन्थ्यो। तर अहिले उहाँहरू धेरै नै खुसी हुनुहुन्छ।’

कुद्रतुल्लाह अहिले जीवनका साना खुसीहरूमा रमाइरहेका छन्। उनी सार्वजनिक यातायात प्रयोग गर्न सक्छन् र टुकटुकमा सहजै बस्न सक्छन् र क्रिकेटसमेत खेल्न सक्छन्।

‘अहिले मेरो जीवन धेरै सामान्य छ र म धेरै खुसी छु।’ खुट्टालाई मिल्ने जुत्ता भेट्न उनलाई अब समस्या छैन।उनी आफू नर्सिङ पढ्न चाहन्छन् र आफ्नो परिवारको औषधिसम्बन्धी व्यापारमा आफ्नो बुवालाई सघाउन चाहन्छन्।

विश्वविद्यालयको पढाइ सुरु गर्नुभन्दा अगाडि कुद्रतुल्लाहले अब आफ्नो दराजमा आफूलाई मिल्ने लुगा राख्नु पर्नेछ।ूमेरा पुराना सबै लुगा अब काम नलाग्ने भएका छन् र त्यो मलाई मात्रै होइन कसैलाई पनि ठिक हुँदैन, उनले भने। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित
सिमलताल अपडेट: गणपति डिलक्स बसको उत्खनन स्थगित
रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

ताजा समाचार

सबै

वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

सिमलताल अपडेट: गणपति डिलक्स बसको उत्खनन स्थगित

रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

चितवन २ का उम्मेद्वार अस्मिन घिमिरे इच्छाकामनाका पहाडमा घरदैलो गर्दै (फोटोफिचर)

दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता बने ताराप्रसाद

सिराईचुलीको फेद हात्तिवांगबाट अस्मिन घिमिरेको घरदैलो अभियान सुरु (फोटोफिचर)

युवराज सफल पक्राउ

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

साहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन माग

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

कालिज पालेर मासिक एक लाख बढी आम्दानी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.