खोटाङ, फागुन ०४
खोटाङको हलेसी बजारमा आगलागी भएको छ ।
स्थानीय पदम राईको घर र पसलबाट आगलागी सुरु भएको थियो ।
आइतबार साँझ लागेको आगोले हालसम्म पदम र अर्का स्थानीय ऐराग राईको घर जलिसकेको स्थानीयले बताएका छन् ।
आगो बजारको अन्य घरमा समेत फैलिएको जनाइएको छ । स्थानीयले आगलागी नियन्त्रणको प्रयास जारी राखेका छन् ।







