काठमाडाैं, माघ ३० –
पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका- ५ निगालेका ३६ वर्षीय कमल चेम्जोङ छन् ।
उनलाई भरुवा बन्दुक १ थान र खुकुरी १ थानसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार