गुल्मी, माघ ३० –
आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपीं चिरञ्जीवी दाहालका अनुसार आगो ताप्ने क्रममा जलेर गुल्मी धुर्कोट गाउँपालिका(७ वाग्ला बस्ने ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको हो ।
गिरीको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







