काठमाडौं, माघ २९ –
प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ ।
सोमबार सार्वजसनक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा राखिएको थियो । तर, दैनिक कार्यसूचीबाट हटाइएको छ । यो विधेयक ०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो ।
मंगलबारको बैठकमा मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट आएको सन्देश टेबल हुने कार्यसूचीमा उल्लेख छ ।