काठमाडौं, माघ २८ –
भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।
गए राति(माघ २७)करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ । दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ ।
काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
घाइतेको उपचार जारी छ । प्रहरी अस्पतालमा नौ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा पाँच र धादिङको साइबाबा अस्पतालमा एक घाइतेको उपचार भइरहेको उनले बताए ।
रिजर्भ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान रहेको र घाइते पनि दोलखाकै रहेका डीएसपी हमालले बताए । अरू घाइते ठिक हुन सक्ने अवस्थाका रहेको उनकको भनाइ छ ।







