काठमाडाैं, माघ २७ –
बाँकेमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका-८ बस्ने २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
सोही गाउँपालिका-८ बीचलाइनस्थित विवाह कार्यक्रममा भएको वादविवादको क्रममा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारका लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै, कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







