काठमाडौं, माघ २६ –
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई ठगेको बताएका छन् ।
शनिवार पार्टीको काठमाडौँमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गरे । उनले ओलीलाई दुई कम्युनिस्ट पार्टीहरू संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने
प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए । ‘त्यही प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधन गर्नुछ भन्ने ? गफै हाँकेको हो भने त्यो गफको के काम ?’ उनले प्रश्न गरे ।मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप समेत लगाए ।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गरे । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।