काठमाडौं, माघ २५ –
ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ ।
बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।
‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ । पहिचान भइसकेपछि पक्राउ पर्छन्’, बोहोराले भने । मदिरा पिएको ५/६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।







