काठमाडाैं, माघ २३ –
कैलालीमा दुई थान भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका- १८ एफ गाँउस्थित आर्यघाटबाट भरुवा बन्दुक २ थान र चक्कु १ थानसहित ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका- १९ बस्ने ३९ वर्षीय गुरूप्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







