काठमाडाैं, माघ २२ –
प्रहरीले सुनसरीको धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।
गएराति धरान उपमहानगरपालिका-६ पानमाराबाट अवैध लागूऔषध गाँजा करिब ४ सय १० किलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुटकेसबाट उक्त गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार