काठमाडौं, माघ २०-
सन् २०२५ को पहिलो महिना जनवरीमा करिब ८० हजार पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए ।
समग्र पर्यटक आगमन हेर्दा यस वर्ष पहिलो महिना आगमनमा सुधार भएको देखिन्छ । तर, भारतीय पर्यटक आगमनमा भने कमी आएको छ ।
यस वर्ष जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक आए । यो अघिल्लो वर्ष जनवरीको दाँजोमा १५ प्रतिशतले कम हो ।
अघिल्लो वर्ष जनवरीमा २४ हजार १ सय ३९ भारतीय नेपाल भ्रमणमा आएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार