२० माघ, काठमाडौं-
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आय ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत वर्ष भने अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आय २२.२ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ३० हाजार ४३९ छ । एक पटक वा पटक–पटक वैदेशिक रोजगारीमा गएर फर्किएका एक लाख ६२ हजार ६२८ ले श्रम स्वीकृति लिएका छन् ।