सर्लाही, माघ २० –
सर्लाहीमा नक्कली नोटसहित १ जना पक्राउ पक्राउ परेका छन् ।
ईश्वरपुर नगरपालिका- १५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा- ९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी शनिबार साँझ पक्राउ परेका हुन् ।
सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







