भरतपुर, माघ १९ –
भरतपुर–११ मा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह सुरू गरेको छ ।
विद्यालयका प्राचार्य वेदराज न्यौपानेको सभापतित्व एवम् भरतपुर–११ कार्यवाहक वडाध्यक्ष लालमाया लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्लस टुका कोअर्डिनेटर जनकराज घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
एक सातासम्म जारी रहने सो प्रतियोगितामा फुुटबल, भलिबल, दौडलगायतका खेलहरु खेलाउन लागिएको अतिरिक्त क्रियाकलाप संयोजक नवीन बगालेले जानकारी दिए । कार्यक्रममा जनोदय टोल विकास संस्थाका अध्यक्ष विष्णु बगाले, सञ्चालक समिति सदस्य अनिता खनाल, शिक्षक अभिभावक संघका सदस्य मानबहादुर रजाली मगर रहेका थिए ।
उद्घाटन समारोहमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा नृत्य प्रदर्शन गरिएको थियो ।