काठमाडाैं, माघ १८ –
सभामुखले शुरूमा बोल्न नदिएपछि रास्वपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ ।
रास्वपा सांसदले उठेर विरोध जनाएपछि सभामुखले बैठकको कारबाही अगाडि बढाएका थिए । त्यसपछि रास्वपा सांसदले बैठक बहिष्कार गरेर हिँडेका हुन् ।
ससभामुख देवराज घिमिरेले दलीय आधारमा छुट्याइएको समयमा रास्वपालाई समय दिने बताएका थिए ।
रास्वपाको बहिष्कारका बाबजुद प्रतिनिधि सभाको बैठक चलिरहेको छ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।