काठमाडौं, माघ १८ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई कास्की अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
साथै रूपन्देहीको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार