Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ १४, २०८२
☰
Logo बुधबार, माघ १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ७. देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ८. उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

  • ९. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

  • १०. भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर, माघ १८ –
चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ ।

शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित हुन्छ । हिँड्दै गर्दा नजिकबाट विचरण गर्दै गरेका चित्तल, बँदेल, बाँदर, दुम्सी र वन क्षेत्रमा उड्दै गरेका मयुर, लाटोकोसेरो, धनेसलगायत चरा देखेर प्रफुल्लित नहुने कोही हुँदैनन् । वन क्षेत्रमा फुलेका विभिन्न प्रजातिका फूलको सौन्दर्य पनि हेर्नलायक हुने गरेको छ । प्रचारप्रसार अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन । आन्तरिक पर्यटक तथा धार्मिकजनले पैदल नै यस क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ । पूर्वपश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरको दूरी वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारीसाधनमा जान गर्न सकिने भए पनि त्यसपछिको पाँच किलोमिटर दूरी भने पैदल नै तय गर्नुपर्ने हुन्छ ।

सडक यातायात अभावसँगै प्रचारप्रसारको अभावमा थोरैमात्र आन्तरिक पर्यटक र धार्मिकजन यस क्षेत्रसम्म पुग्दै आएका छन् । चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइ भएको सुनदेवी तालमा रहेको पानी हावाको वहाबसँगै नीलो र पहेँलो रङको देखिने गरेको छ ।

तालको चारैतिर घना वन क्षेत्र भए पनि तालमा भने रूखबाट खसेका पात भने देखिँदैनन् । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरे पनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यो तालमा भने पाइँदैनन् ।

ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकाशमुनिको भगवतीको थान छ । थानस्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखि नै धार्मिक क्षेत्रका रूपमा रहेको पुष्टि हुन्छ । ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निःसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ ।

नवरात्र, दसैँ, तिहार, माघेसङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको स्थानीय समाजसेवी दुर्गादत्त भट्टले बताउनुभयो । उहाँका अनुसार विवाह, व्रतबन्ध र ससाना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । त्यो सङ्ख्या भने थोरैमात्र रहने गरेका छन् । ओझेलमा रहेको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकिए यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँ बताउनुहुन्छ । “ताल क्षेत्रसम्म पुग्ने सडक यातायातको व्यवस्था गर्न सकिए स्थानीय युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।”

सुनदेवी तालको सौन्दर्य नियाल्नका लागि पुगेका सुरेश भट्ट यस क्षेत्रको विकासका लागि पहल गरिनुपर्नेमा जोड दिनुहुन्छ । “आँखा अगाडि नै हीरा छ”, उहाँले भन्नुभयो, “टिप्नका लागि अग्रसर हुने कोही छैन, यस्तो मनोरम क्षेत्र हँुदाहँुदै पनि पूर्वाधार विकासमा चासो नदिइनु विडम्बना नै हो ।”, शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादु ऐर रमणीय यस पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताउनुहुन्छ ।

“तालसम्म पुग्ने सडक निर्माण गर्न स्थानीय तहको बजेटले सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव गर्छौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौं ।” तराई क्षेत्रमा सवारीसाधनको प्रयोग गरी पुग्न सकिने सडक र चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सकिने गरी कार्य गरिने उहाँको भनाइ छ ।

तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरूले काठ ओसार्नका लागि रेल स्टेशनका रूपमा प्रयोग गर्ने गरेकाले त्यो क्षेत्र एतिहासिक स्थानका रूपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ । रेलको स्टेशन रहेको क्षेत्रलाई हाल स्टेशनपुर र अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डाबोझ नामले चिनिने गरेको छ ।

जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँ मुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बूढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बीचमा राखिएका काठ देखिने गर्दछन् । – रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?
काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी
बुटवल–नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?

काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

बुटवल–नारायणगढ सडक अवरुद्ध

रसुवाको उत्तरी भेकमा हिमपात

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चितवनमा ४८० जनामा क्षयरोगको सङ्क्रमण

देश चुनावमा होमिदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर (तस्बिरहरु)

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

सिमलताल अपडेट: गणपति डिलक्स बसको उत्खनन स्थगित

रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.