Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर(फोटो फिचर)

मोहम्मद हबिब
भैरहवा, २६ जेठ-

स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका भए पनि कति त पत्याउन समेत नसकिने खालका छन् । केही जनप्रतिनिधिहरूले पूराना कामलाई निरन्तनरता दिँदै नयाँ फरक कार्यक्रम पनि ल्याएका छन् । पालिकाको स्रोत, साधन र आफ्नो अधिकारको समेत ख्याल नै नगरी लोकप्रिय हुनकै लागि पनि नवनिर्वाचित जनप्रतिनिधिले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नेपालकै पुरानो नगरपालिकामध्ये एक हो । सिद्धार्थनगरले पनि ३० वैशाखको निर्वाचनपछि नयाँ नेतृत्व पाएको छ । मेयरमा इस्तियाक अहमद खान निर्वाचित भएपछि सपथ ग्रहणकै दिन उनले आफूले पाएको मत बराबर नगर क्षेत्रमा वृक्षारोपण गर्ने, वर्षाैदेखिको छाडा चौपाया समस्या समाधान गर्न कान्जी हाउस स्थापना गर्ने, फोहोर व्यवस्थापन, अव्यवस्थित अटो तथा मेकानिक्सलाई अटो भिलेजमा व्यवस्थापन गर्ने, महिला, विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने घोषणा गरे ।

प्रतिबद्धता जनाउनुअघि त्यो काम गर्न सकिन्छ की सकिदैन भनेर बुझ्नु पनि जरुरी छ । नगरपालिकाका यसअघिका नेतृत्वले पाँच वर्षसम्म फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान गर्न सकेनन्, छाडा चौपायाको समस्या समाधानका लागि कान्जी हाउस स्थापनार्थ ५४ लाख ५० हजार विनियोजन भयो तर काम भएन ।

विगतका वर्षहरूमा पनि बजेट विनियोजन त हुन्थ्यो तर समस्या समाधान हुँदैन थिए । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा एक वर्षमा समस्या समाधान हुने दाबीसहित नगरपालिकाले नै लगानी गर्ने योजना बनाएको थियो । तर, आर्थिक वर्ष सकिन लाग्दा नयाँ नेतृत्व आएको छ । कान्जी हाउस कहाँ बनाउने टुङ्गो छैन । एक महिनाभित्र काम नसके यसवर्ष पनि बजेट फिर्ता हुने अवस्था छ ।

फोहोर व्यवस्थापनका लागि पनि नगरपालिकाले ओमसतियामा प्रसोधन केन्द्रसहित डम्पिङ साइड बनाउने भने पनि त्यो योजना विफल भएको छ । फोहोरमा समेत राजनीतिकरण हुँदा आएको बजेट पनि फ्रिज भएको छ । अहिले नगरपालिकाले डण्डा नदी किनारमै फोहोर फालिरहेको छ । स्थानीय आजित भएपछि बेला बेलामा अवरोध गर्दै आएका छन् ।

सिद्धार्थनगर–९ गोनहियामा सिद्धार्थ अटो भिलेज स्थापना भए पनि नगरमा मनोमानी रुपमा जहाँ जसले पनि अटो मेकानिक्स व्यवसाय चलाउँदै आएका छन् । नगरपालिकाले यो समस्या समाधान गर्न हरेक वर्ष कुरा उठाउने, प्रतिबद्धता जनाउने भए पनि वर्षौदेखि यस्ता समस्या समाधान अझैसम्म भएको छैन ।

जनप्रतिनिधिले के बुझ्नु जरुरी छ भने यसरी प्रतिबद्धता व्यक्त गरेर चर्चित हुनुभन्दा साँच्चै काम गर्न लाग्नुपर्छ । नवनिर्वाचित जनप्रतिनिधिले काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नु त ठिकै हो तर प्रतिबद्धता व्यक्त गर्नुअघि त्यस क्षेत्रका बारेमा जानकारी राख्न जरुरी छ ।

पहिलो नगरकार्यपालिका बैठकका निर्णणहरू
सिद्धार्थनगर नगरपालिकाको नवगठित कार्यपलिकाले ९ जेठमा विभिन्न पाँच वटा निर्णय गरेको छ । नयाँ नेतृत्वको पहिलो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबैलाई धन्यावाद ज्ञापन गर्ने, निर्वाचनमा गरिएको प्रतिबद्धता नगरवासीको आवश्यकता, उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै संविधान ऐन, कानुन नियमअनुसार सबैको हातेमालो गर्दै सम्बोधन गर्ने, नगरपालिकाको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, नगरपालिकालाई सडक मानवमुक्त सहर बनाउन समन्वय सहकार्य गर्ने, सिद्धार्थनगरलाई ग्रिन सिटी, क्लिन सिटी वातावरणमैत्री सहर बनाउन नौ हजार एक सय ३४ बिरुवा राप्ने, नगरमा बालविवाह, बहुविवाह बालश्रमलाई पूर्णत निषेध गरी बालमैत्री नगरपालिका घोषणा गर्ने, कान्जी हाउस स्थापना गरी छाडा चौपाया व्यवस्थापन गर्ने, नगरपालिकाभित्रका नाला सरसफाई अभियान चलाउने, सुत्केरी महिलालाई निःशुल्क स्वास्थय सेवा उपलब्ध गराउने निर्णय पहिलो बैठकले गरेको छ ।

यी निर्णयमध्ये नौ हजार बृक्षारोपण कहाँ गर्ने, कान्जी हाउस कहाँ बनाउने, नगरको सौन्दर्यीकरण बिगारिरहेको अटो भिलेज, छाडा चौपाय, फोहोरको व्यवस्थापन निश्चित र दीर्घकालिन समाधान नभएसम्म कसरी क्लिन, ग्रीन सहर बनाउने बारे प्रश्न उब्जिएको छ ।

सिद्धार्थनगरको छाडा चौपाया व्यवस्थापन कति सम्भव ?
सिद्धार्थनगरमा नवनिर्वाचित मेयर इस्तियाक अहमद खानलाई छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण हुने देखिएको छ । छाडा चौपाया व्यवस्थापनलाई मध्यनजर गर्दै उनले सपथ ग्रहणकै दिन पहिलो प्राथमिकतामा कान्जी हाउस निर्माण गर्ने घोषणा गरे ।

हुनत तात्कालिन मेयर हरिप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गरेका थिए । एक वर्षमा समस्या समाधान हुने दाबीका साथ नगरपालिकाले लाखौँ रुपैयाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउने बारे टुङ्गो समेत लागेको छैन । छाडा पशु चौपायाका कारण रुपन्देहीमा सवारी साधन दुर्घटना समेत बढीरहेको छ । साथै नगरलाई समेत कुरुप बनाइरहेको छ ।

नगरपालिका स्रोतका अनुसार हालसम्म कान्जी हाउससम्बन्धी कुनै पनि प्रक्रिया सुरु भएको छैन । सिद्धार्थनगर–११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कान्जी हाउस बनाउने भनिए पनि यसबारे कुनै टुङ्गो छैन ।

वडा नम्बर ११ सिसवास्थित सार्वजनिक जग्गामा कान्जी हाउस (पशु बन्दी गृह) निर्माणका लागि आवश्यक पुर्वाधार निर्माण गरी संचालनमा ल्याउने भनिएको थियो । नगरभित्र रहेका छाडा चौपायालाई त्यहाँ राखेर संरक्षण, उपचार र पालनपोषण गर्नेगरी नगरपलिकाको स्वामित्वमा करिब ४–५ बिघा जग्गा सो क्षेत्रमा रहेको वडाध्यक्ष दिलीप यादवले बताए । कान्जी हाउस निर्माणमाका लागि प्रयोगमा ल्याउने भने पनि स्थानीयले अवरोध गरेपछि प्रक्रिया अगाडि बढेको छैन । नगरपालिकाले बनाउने भनिएको कान्जी हाउससमा हाल मुस्लिम समुदायको कब्रस्थान रहेको छ ।

छाडा चौपाया नियन्त्रण अधिकार स्थानीय तहलाई
संविधानमा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चित गरेको छ । यस्ता कार्यमा नगरपालिकाले अग्रसरता देखाए पछि नगरपवासी उत्साहित भएका थिए । तर, बजेट विनियोजनपछि पनि अवस्थामा सुधार नभएपछि उनीहरू निराश बनेका छन् । कान्जी हाउसका लागि यत्रो बजेट विनियोजन गर्नु नगर इतिहासमै पहिलो हो ।

कान्जी हाउसका साथसाथै थप चार लाख बजेट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको यातायातमा खर्च गर्नका लागि छुट्याएको थियो । भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि २–२ लाख बजेट नगरपालिका क्षेत्रमा दुर्घटनामा परेका चौपायाको उपचार र छाडा चौपाया व्यवस्थापनको यातायातमा सो रकम खर्च हुने गरी विनियोजन गरिएको थियो ।

छाडा चौपायाले सहरको सुन्दरीकरणमा ह्रास पु¥याउनुका साथसाथै दुर्घटना पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो तीन वर्षमा छाडा चौपायाबाट हुने दुर्घटनाको संख्यामा पनि वृद्धि भएको छ ।

पछिल्लो तीन वर्ष रुपन्देहीको बुटवल बाहेक यस क्षेत्रमा दर्जनभन्दा बढी सवारी साधान दुर्घटना छाडा चौपायाकै कारण भएको छ । सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम कायम छ । भैरहवाको मुख्य बजार बैंक रोड, गल्लामण्डी, वीपीपथ, लुम्बिनी रोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराज मार्गलगायतका स्थानमा पशु चौपायाकोले आवगमनमा पनि अवरोध हुने गरेको छ ।न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.