काठमाडाैं, माघ १५ –
लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।
साताको पहिलो कारोबारदेखि निरन्तर गिरावट आइरहेको शेयर बजार मङ्गलवार २४.५० अङ्कले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको हो ।
साताको तेस्रो कारोबारका दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै परिसूचक १०.६६ अङ्कले घटेर २६३३.२७ को विन्दुमा बन्द भएको थियो ।
आज उपकार लघुवित्त वित्तीय संस्था, सिकल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार