काठमाडौं , माघ १०
प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पाँच लाख धरौटीमा रिहा भएका छन्।
उनीविरूद्ध बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार एमाले मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका पोखरेललाई प्राप्त प्रमाणका आधारमा धरौटीमा छोड्न मिल्ने अवस्था रहेको भन्ने आदेशमा उल्लेख छ।