बुटवल, माघ १० –
बुटवलमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका-१२ तामनगरमा लु ९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ ।
मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।