जनकपुरधाम, माघ १० –
पछिल्लो ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार ६ महिनामा भएका ५०६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।
कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ ।
गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार