काठमाडाैं, माघ १० –
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न नखोजेको बताए ।
देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजेको भन्दै उनले विरोध जनाए ।
अब विपक्षी दलहरूले संसद्मा जनताका एजेन्डा प्रभावकारीरूपमा उठाउने उनले बताए ।
पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मेहनतका साथ लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार