काठमाडौँ, ९ माघ
सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयान सकिएको छ ।
बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो ।
अब योगीकै इजलासले थुनछेक आदेश गर्नेछ । थुनछेक बहस बिहीबार (भोलि)मात्रै हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।
बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार